महाधिवेशको तयारीमा जुट्यो लोसपा, बन्यो निर्देशिका

हिमाल प्रेस २७ पुष २०८१ ८:२३ | Saturday, January 11, 2025
महाधिवेशको तयारीमा जुट्यो लोसपा, बन्यो निर्देशिका

काठमाडौँ- आउँदो बैशाखमा महाधिवेशन तोकेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले महाधिवेशनका लागि निर्देशिका तयार पारेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा निर्देशिका तयार पारेर लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको छ।

निर्देशिकामा वडातहदेखि माथिल्लो तहसम्मको अधिवेशन गराउने, चुनाव गराउने विधि र महाधिवेशन प्रतिनिधि चयन पद्धतिकाबारेमा निर्देशिकामा उल्लेख गरिएको कार्यदलका सदस्य मनिष मिश्रले जानकारी दिए।

लोसपाले आगामी वैशाख २६ मा महाधिवेशन तोकेको छ। पटकपटक विभाजित लोसपाले यसपटक लामो समयपछि महाधिवेशन गर्न लागेको हो। अहिले सदस्यता नवीकरण र स्थानीय प्रतिनिधि भेलाका कार्यक्रम पनि निरन्तर गर्दै आएको छ।

प्रकाशित: २७ पुष २०८१ ८:२३ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast