आयल निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी छः मन्त्री भण्डारी

हिमाल प्रेस २६ पुष २०८१ १५:३५ | Friday, January 10, 2025
आयल निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी छः मन्त्री भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्ययोजनाको खोजी गर्न आवश्यक रहेको बताएका छन्। शुक्रबार निगमको ५५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेकोले पेट्रोलियम, ग्यासबाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिए।

उनले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गरे। ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौतीलगायतका विषयलाई लिएर नयाँ कुराको खोजी गर्न आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताए। उनले पेट्रोलियम पदार्थको विकल्पको सिर्जना भएकाले अब निगमको प्रबन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्ने कार्ययोजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिए।

नयाँ कार्यको खोजी गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने उनको भनाइ थियो। उनले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा छ। व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिन्छ। ५५ वर्ष पूरा गरे अर्बको नाफा गर्‍यौँ, लाभांश बाँड्यौँ भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौतीलगायत नयाँ कुराको खोजी गर्नु आवश्यक छ। तेल मात्रै बेचेर मुनाफा कमाएर रमाउने धेरै लामो समय छैन।’

प्रकाशित: २६ पुष २०८१ १५:३५ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast