शिक्षामन्त्री भट्टराई भन्छिन् : गुणस्तरीय दिवा खाजाका लागि १५ रुपैयाँले पुग्दैन

हिमाल प्रेस २६ पुष २०८१ ७:४४ | Friday, January 10, 2025
शिक्षामन्त्री भट्टराई भन्छिन् : गुणस्तरीय दिवा खाजाका लागि १५ रुपैयाँले पुग्दैन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई गुणस्तरीय दिवा खाजाका लागि १५ रुपैयाँले नपुग्ने बताएकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उनले निःशुल्क शिक्षा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको र त्यसको एकपाटो दिवा खाजा पनि रहेको बताइन्।

उनले निःशुल्क शिक्षामा काम गर्ने विकास साझेदार संस्थाहरूसँग गुणस्तरीय खाजा उपलब्ध गराउन सहकार्य गरिने बताइन्।

‘१५ रुपैयाँले आफैँमा गुणस्तरीय खाजा दिन सक्दैन। हाम्रा स्थानीय उत्पादनलाई जोडेर मात्र गुणस्तरीय खाज सम्भव हुन्छ। यसका लागि कार्यविधि बनाएर अगाडि बढेका छौँ’,उनले भनिन्।

प्रकाशित: २६ पुष २०८१ ७:४४ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast