एनसेल बन्यो गोपनीयताका लागि आइएसओ मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी

हिमाल प्रेस २५ पुष २०८१ १४:४७
एनसेल बन्यो गोपनीयताका लागि आइएसओ मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी

काठमाडौँ- एनसेलले प्रतिष्ठित आइएसओ २७००१ ः २०२२ (आइएसएमएस) र २७७०१ ः २०१९ (पीआइएमएस) को मान्यता पाउन सफल भएको छ।

यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुट बनाएको र ग्राहकहरूको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको एनसेलको भनाइ छ।

यो उपलब्धिसँगै एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालको पहिलो दूरसञ्चार कम्पनी बनेको हो।

‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा हो। यसले एनसेल निरन्तर सुधार र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधैँ समर्पित रहेको स्पष्ट पार्दछ। सीईओका रूपमा म यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त मापदण्ड प्राप्त गर्ने परिवर्तनकारी अनुभव साझा गर्न पाएकोमा हर्षित छु,’एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

यी मान्यताहरू ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सेवामा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरूमा एनसेलले उच्च जवाफदेहीताका साथ व्यवस्थापन गर्ने र डेटाहरू सुरक्षित रहने प्रत्याभूति प्रदान गरेको एनसेलले बताएको छ।

ग्राहक र साझेदारहरूका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एसनसेलले सशक्त उपायहरू कार्यान्वय गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चत गरेको एनसेलको भनाइ छ।

यो उपलब्धिसँगै एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा एउटा नयाँ मापदण्ड स्थापित गरेको एनसेलले जनाएको छ।

प्रकाशित: २५ पुष २०८१ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast