नेपाली राजदूतावासद्वारा युएईमा श्रमिक सचेतनासम्बन्धी घुम्ती शिविर

हिमाल प्रेस २४ पुष २०८१ २०:५३
8
SHARES
नेपाली राजदूतावासद्वारा युएईमा श्रमिक सचेतनासम्बन्धी घुम्ती शिविर

काठमाडौँ- अबुधाबीस्थित नेपाली राजदूतावासले राहदानी, कन्सुलर तथा श्रमिक सचेतनासम्बन्धी घुम्ती शिविर सञ्चालन गरेको छ।

दूतावासले गैरआवासीय नेपाली संघ, एनससी युएईलगायतका संघसंस्थाहरूको सहयोगमा रास अल–खैमाह इमिरेट्समा सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो।

सचेतना कार्यक्रम सञ्चालन भएको स्थान अबुधाबीबाट ३० किलोमिटरभन्दा बढी दूरीमा रहेको छ।

घुम्ती शिविरमा ३३५ जना नेपालीहरूको राहदानी नवीकरण गर्नुका साथै ५५० जना श्रमिकले नेपाल तथा युएईका विद्यमान श्रम कानुनका विषयमा जानकारी लिएका थिए।

यसका साथै नेपाल सरकारले अवलम्बन गरेका सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनः श्रम स्वीकृतिसम्बन्धी भएका व्यवस्थाबारे जानकारी गराइएको थियो।

राहदानीको म्याद समाप्त भइसकेको, भिसाको म्याद समाप्त भइसकेको र राहदानी हराई समस्यामा परेका व्यक्तिहरूको दूतावासबाट प्राथमिकताका साथ नवीकरण गर्ने गरिएको दूतावासले जनाएको छ।

प्रकाशित: २४ पुष २०८१ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast