परराष्ट्रमन्त्री राणा र इजरायली राजदूत एरीबीच भेटवार्ता

हिमाल प्रेस २४ पुष २०८१ १८:५२
10
SHARES
परराष्ट्रमन्त्री राणा र इजरायली राजदूत एरीबीच भेटवार्ता परराष्ट्रमन्त्री आरजु राणा देउवा र राजदूत श्मुलिक एरी बास

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको बन्धकमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायलसँग आग्रह गरेकी छन्।

बुधबार परराष्ट्रमन्त्रालयमा नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससँग भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो आग्रह गरेकी हुन्।

२०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणमा हमासले नेपाली विद्यार्थी जोशीलाई बन्धक बनाएको थियो। सरकारका तर्फबाट पटकपटक प्रयास भए पनि उनी हालसम्म रिहा भएका छैनन्।

केही दिनअघि इजरायली राजदूत एरीले हमासको बन्धकमा रहेका जोशी जीवित रहेको र रिहा गराउन पहल भइरहेको बताएका थिए।

परराष्ट्रमन्त्री राणा र राजदूत एरीबीच नेपाल र इजरायलबीचको आपसी हितका विषयमा समेत छलफल भएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २४ पुष २०८१ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast