कोशीको स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई भन्यो : निःशुल्क उपचार गरेको प्रतिवेदन सात दिनभित्र पेस गर्नू

हिमाल प्रेस १९ पुष २०८१ २०:३५
10
SHARES
कोशीको स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई भन्यो : निःशुल्क उपचार गरेको प्रतिवेदन सात दिनभित्र पेस गर्नू

इटहरी- कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका हुन्। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

यस्तै निःशुल्क तथा आंशिक सेवा लिने बिरामीहरूको व्यवस्थित रुपले अभिलेख राख्ने र सोको विवरण मासिक, चौमासिक र वार्षिक रूपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्नु पर्ने व्यवस्था छ।

यसका साथै निःशुल्क तथा आंशिक सेवा लिएका व्यक्तिहरूको विवरण देखिने गरी टाँस्नुपर्ने व्यवस्था पनि छ।

‘उल्लेखित व्यवस्था बमोजिमको कार्य नगरेको र नगराइएको अवस्थामा स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को परिच्छेद ११ मा संचालन अनुमति नवीकरण हुन नसक्ने अवस्था र खारेजी सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। सोही सम्बन्धमा, तहाँ अस्पतालमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गरेको विवरण, अभिलेख तथा प्रतिवेदन मासिक, चौमासिक र बार्षिक रूपमा तयार गरी सम्बन्धित निकायमा पेश गरेको प्रमाणित कागजात पत्राचार गरिएको मितिबाट लागु हुने गरी सात दिन भित्र यस मन्त्रालयमा पेस गर्नु हुन आदेशानुसार अनुरोध छ,’ पत्राचारमा उल्लेख छ।

प्रकाशित: १९ पुष २०८१ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast