मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान

हिमाल प्रेस १९ पुष २०८१ १२:०६
10
SHARES
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान फाइल तस्बिर।

बाँके- बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ।

बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका-२ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका-२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो।

समुदायका लागि सञ्चार अभियन नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ।

अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइने छ।

प्रकाशित: १९ पुष २०८१ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast