रुपन्देही ४ : संघतर्फ महिला र दलित उम्मेदवार शून्य

हिमाल प्रेस ३ मंसिर २०७९ १५:१९ | Saturday, November 19, 2022
रुपन्देही ४ : संघतर्फ महिला र दलित उम्मेदवार शून्य

बुटवल– आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ४ मा महिला र दलित उम्मेदवार शून्य देखिएका छन्।

कूल १३ उम्मेदवार रहेको उक्त निर्वाचन क्षेत्रमा महिला र दलित उम्मेदवारको संख्या शून्य रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। विभिन्न राजनीतिक दलबाट ८ जना पुरुष उम्मेदवार रहेकोमा ५ जना स्वतन्त्र उम्मेदवार छन्।

उक्त निर्वाचन क्षेत्रमा कूल मतदाताको संख्या १,१०,६५९ रहेको छ। जसमध्ये ६२ हजार ८४७ पुरुष र ४७ हजार ८१२ महिला मतदाता छन्।  समावेशीकरणतर्फ समेत दलित उम्मेदवारको संख्या शून्य देखिएको छ।

यस क्षेत्रमा १५.३८ प्रतिशत मुस्लिम, ७.६९ प्रतिशत थारू, ७. ६९ प्रतिशत आदिवासी जनजाति उम्मेदवार र ६९.२३ प्रतिशत मधेशी उम्मेदवार रहेका आयोगको तथ्यांकले देखाएको छ।

यस क्षेत्रमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी गरी ८ जना राजनीतिक दलका उम्मेदवार  र ५ जना स्वतन्त्र उम्मेदवार छन्।

प्रकाशित: ३ मंसिर २०७९ १५:१९ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast