
काठमाडौँ- नेपाली हिपहपकी चर्चित र्यापर डिम्रितीको ‘मलाई आज भोलि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।डिम्रितीले गीत उनकै युट्युबमार्फत सार्वजनिक गरेकी छन्।
गीतको भिडियोमा गायिका डिम्रितीसँगै अभिनेता नविन न्यौपानेले अभिनय गरेका छन्। प्रेम र बिछोड भाव प्रस्तुत गरिएको गीतको भिडियोको निर्देशन निरञ्जन प्रधानले गरेका छन्। भिडियोको सिनेमाटोग्राफी र छायांकनसमेत प्रधानले गरेका हुन्।
उनी तीन वर्षअघि ब्रेकबार्ज र्याप ब्याटल जितेर चर्चामा आएकी हुन्। जातीय विभेदविरुद्धका विषयवस्तुलाई र्यापमा प्रस्तुत गर्ने गरेकी उनको ‘हाइड एन्ड सिक’, ‘नो फिमेल’ जस्ता गीत चर्चित छ।
प्रकाशित: १८ पुष २०८१ १४:१०
प्रतिक्रिया