श्रीलंकाले सबै मन्त्रालयहरूमा अनुसन्धान इकाई स्थापना गर्ने

हिमाल प्रेस १६ पुष २०८१ २०:०८ | Tuesday, December 31, 2024
श्रीलंकाले सबै मन्त्रालयहरूमा अनुसन्धान इकाई स्थापना गर्ने

काठमाडौँ- श्रीलंका सरकारले सबै मन्त्रालयमा अनुसन्धान इकाई स्थापना गर्ने भएको छ।

श्रीलंकाको मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थाहरूमा जवाफदेहिता सुनिश्चत गर्नका लागि अनुसन्धान इकाईहरू स्थापना गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री नलिन्दा जयतिसाले भने,‘सरकारले राज्य संस्थाहरूमा अनियमितताबारे धेरै गुनासाहरू प्राप्त गरेको थियो। यी गुनासाहरूलाई सम्बोधन गर्न तथा सार्वजनिक सेवा अभिवृद्धि गर्न मन्त्रिपरिषदले यस्तो निर्णय गरेको छ।’

अनुमोदित प्रस्तावअनुसार मन्त्रिस्तरीय छानबिन इकाईहरू स्थापना हुने बताउँदै उनले यी इकाईहरूको नेतृत्व पूर्वअनुसन्धान अधिकारी रहने जानकारी दिए।

जयतिसाका अनुसार यी अधिकारीहरूले विगतको प्रशासनमा रहेका राज्यका संस्थाहरूको छानबिन गर्ने तथा चलिरहेका सार्वजनिक गुनासो सम्बोधन गर्नेछन्।

प्रकाशित: १६ पुष २०८१ २०:०८ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast