कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी

हिमाल प्रेस १६ पुष २०८१ १७:४४
14
SHARES
कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्यांक र पहुँचको आग्रह गरेपछि चीनले कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नुलुकाई’ साझा गरेको बताएको छ।

चीनको मध्य सहर वुहानमा पहिलोपटक देखा परेको कोभिड–१९ ले लाखौँ मानिसको ज्यान लिएको थियो भने अर्थतन्त्रलाई तहसनहस पार्नुका साथै स्वास्थ्य प्रणाललाई कमजोर बनाएको थियो।

डब्लुएचओले विज्ञप्ति प्रकाशित गर्दै चीनले थप जानकारी साझा गर्नु ‘नैतिक र वैज्ञानिक अनिवार्यता’ भएको बताएको छ।

‘पाँच वर्षअघि चीनले तुरून्तै डब्लुएचओ र अन्तर्राष्ट्रिय समुदायसँग महामारीको जानकारी र भाइरल जिन अनुक्रम साझा ग¥यो,’ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने,‘कुनै पनि कुरामा रोक नलगाई हामीले हाम्रो रोकथाम, नियन्त्रण र उपचारको अनुभव साझा गर्‍यौँ। यसले अन्तर्राष्ट्रिय समुदायको महामारीसँग लड्ने काममा ठूलो योगदान पुर्‍याउँछ।’

यो महिना वुहानमा महामारी फैलिएको पहिलो रिपोर्ट भएको पाँचौँ वार्षिकी हो। कोभिड–१९ महामारीका क्रममा डब्लुएचओले चिनियाँ अधिकारीहरूको पारदर्शिता र सहयोगको कमीको बारम्बार आलोचना गरेको थियो।

डब्लुएचओको नेतृत्वमा र चिनियाँ स्वास्थ्यकर्मीहरूको सहयोगमा विशेषज्ञहरूको टोलीले सन् २०२१ को सुरूमा महामारीको उत्पतिको बारेमा अनुसन्धान गरेको थियो।

एक संयुक्त प्रतिवेदनमा तिनीहरूले भाइरस सम्भवतः जनावरबाट मानिसमा सरेको हुन सक्ने अनुमान गरेका थिए। अनुसन्धानकर्ताहरू त्यसयता चीन फर्कन सकेका छैनन् र डब्लुएचओका अधिकारीहरूले पटकपटक तथ्यांक माग गरेका छन्।

प्रकाशित: १६ पुष २०८१ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast