सन् २५ देखी ३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौँ : मन्त्री पाण्डे

हिमाल प्रेस १६ पुष २०८१ १६:४६ | Tuesday, December 31, 2024
सन् २५ देखी ३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौँ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गरेका छन्।

मंगलबार नेपाल टुरिजम बोर्डको २६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘सन्,१९८९ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौँ। यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन। सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ।’

मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए। उनले नेपाल पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गदैँ सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए।

उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो। यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो। नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ। यसलाई अन्तर्राष्ट्रि बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ,’ उनले भने।

प्रकाशित: १६ पुष २०८१ १६:४६ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast