संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्यमा नाम सिफारिस गर्न आह्वान

हिमाल प्रेस १६ पुष २०८१ १६:२६ | Tuesday, December 31, 2024
संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्यमा नाम सिफारिस गर्न आह्वान

काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।

दोस्रोपटक आइतबार सूचना जारी गर्दै समितिले उक्त आह्वान गरेको हो।

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्यका लागि इच्छुक तथा योग्य व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट रहेको www.moest.gov.np लिङ्गमा गएर विवरण भर्नुपर्नेछ। साथै तोकिएका कागजात अपलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा दरखास्त पेस गर्नुपर्ने बताएको छ।

आयोगको अध्यक्ष र सदस्य सिफारिससम्बन्धी (पहिलोसंशोधन) कार्यविधि, २०८१ मन्त्रालयको वेबसाइटमा हेर्न सकिनेछ।

प्रकाशित: १६ पुष २०८१ १६:२६ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast