कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनयन भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले विभागमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्य मनोनयन गरेका हुन्।
चिनकाजी श्रेष्ठ प्रमुख रहेको विभागमा खगेश्वर बोहरा, मीनबहादुर भण्डारी, ध्रुव खड्का, जमसेर अलि मियाँ, सिताराम परियार‚ शम्भुहरि बास्तोला, सञ्जीव घिमिरे, जुनु गुरुङ, ई. विजयकुमार सिंह र राजीव श्रेष्ठ मनोनीत भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: १६ पुष २०८१ १२:३८ | Tuesday, December 31, 2024
प्रतिक्रिया




