पुर्खाले छाडेका रीतिथिति जोगाउन वर्तमान पुस्ता लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस १५ पुष २०८१ १६:५७ | Monday, December 30, 2024
पुर्खाले छाडेका रीतिथिति जोगाउन वर्तमान पुस्ता लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह प्रकाशमान सिंह

काठमाडौँ- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त भएका अधिकारलाई सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन्।

तमु ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको विशेष कार्यक्रममा सिंहले प्राप्त भएका अधिकार सही तवरले प्रयोग गर्दै थप सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका हुन्।

सिंहले आगामी दिन दिनमा समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले पुर्खाले छोडेर गएका रीतिथिति, परम्परालाई जोगाउनको लागि वर्तमानमा सबै सक्रिय भएर लाग्नुपर्ने धारणा राखे।

उनले संस्कार संस्कृतिलाई आउने पुस्ता, नयाँ पिँढीलाई सुम्पिनुपर्ने भएकाले कला–संस्कृतिको जगेर्नामा जिम्मेवार तवरले अगाडि बड्नुपर्ने उल्लेख गरे।

प्रकाशित: १५ पुष २०८१ १६:५७ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast