अपांगता भएका व्यक्तिलाई मतदानमा पहिलो प्राथमिकता

हिमाल प्रेस ३ मंसिर २०७९ १३:०१ | Saturday, November 19, 2022
अपांगता भएका व्यक्तिलाई मतदानमा पहिलो प्राथमिकता सुर्खेतको जन नमुना माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थानीय तह निर्वाचनमा मतदानका लागि पुगेका अपांगता भएका व्यक्ति। फाइल तस्बिर : हिमाल प्रेस

काठमाडौँ– देशभर एकै चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अशक्त मतदातालाई पहिलो प्राथमिकतामा राखिएको छ।

अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक एवम् अन्य फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि प्राथमिकताका साथ सहजीकरण गरिएको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौँ ६ का बालविद्यापीठ मतदान केन्द्रका मतदान अधिकृत रामकुमार पौडेल भन्छन्, ‘मतदान केन्द्रभित्र आइसकेपछि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत अशक्तलाई लाइनमा नबसी पहिलो प्राथमिकताकामा राखेर मतदान गराउँछौँ।’

मतदानमा धेरैभन्दा धेरै मतदाताको उपस्थितिका लागि राजनीतिक दल र उम्मेदवारले सहजीकरणका लागि पहल गर्ने विश्वास गरिएको उनले बताए। मतदाता नामावली भएका सबै अपांगता भएका, ज्येष्ठ नागरिकलगायतका सम्पूर्ण नागरिकले मतदान गर्न पाउनु समान अधिकार भएको उल्लेख गर्दै मतदान अधिकृत पौडेलले सहजीकरणका लागि विभिन्न राजनीतिक दल र उम्मेदवारलगायतका समूहले सहजताका लागि सोहीअनुसारको व्यवस्था गरेको जानकारी दिए।

सोही सन्दर्भमा प्रतिनिधिसभा सदस्य निवार्चन १०, नेपाली कांग्रेसका उम्मेदवार, पूर्वयुवा खेलकुदमन्त्री राजेन्द्र क्षेत्रीले अशक्त व्यक्तिहरूका लागि सहज व्यवस्था गरेको जानकारी दिए।

उनले भने, ‘अपांगता भएका मतदाताकाकोे प्रकारअनुसार विलचिअर, गाडीको व्यवस्थासहित स्वंमसेवको टोली उनीहरूको सहजताका लागि खटाएका छौँ।’

नेकपा एमाले नेता तथा काठमाडौँ निर्वाचन ६(१)का उम्मेदवार निरेशलाल सिंह महर्जनले फरक क्षमता भएका व्यक्तिलाई मतदानमा सहजीकरणका व्यवस्था मिलाइएको जानकारी दिए। निर्वाचन आयोगले मतदान केन्द्रमा अपांगता, ज्येष्ठ नागरिक, लगायतका अशक्त नागरिकलाई मैत्रीपूर्ण बनाउनसमेत निर्देशन दिइएको छ।

प्रकाशित: ३ मंसिर २०७९ १३:०१ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast