हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक

हिमाल प्रेस १४ पुष २०८१ १७:०६ | Sunday, December 29, 2024
हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक

काठमाडौँ- हरर जनरामा बनेको फिल्म ‘ममी’ को टिजर सार्वजनिक भएको छ। ओएरआर डिजिटल युट्युब च्यानलबाट आइतबार टिजर सार्वजनिक गरिएको हो।

टिजरमा परिवारमा एक सदस्यकाे निधनपछि आउने विपत्तिलाई दखाइएको छ। फिल्मकाे मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की र दीया मास्के छन्।  फिल्म आगामी माघ २५ मा प्रदर्शन हुनेछ। फिल्मका लेखक तथा निर्देशक समर निरौला हुन्। यो उनको डेब्यु निर्देशन हो।

फिल्ममा अन्य कलाकार सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायतको अभिनय छ।

एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता लोक राज जोशी र पूर्णिमा जोशी हुन्।

यस्ताे छ टिजर

प्रकाशित: १४ पुष २०८१ १७:०६ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast