सरकारविरूद्ध आजपाको प्रदर्शन

हिमाल प्रेस १४ पुष २०८१ १६:१७ | Sunday, December 29, 2024
सरकारविरूद्ध आजपाको प्रदर्शन आम जनता पार्टीको प्रदर्शन।

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आइतबार काठमाडौँमा सरकारका विरूद्ध प्रदर्शन गरेको छ। पार्टीको दोस्रो स्थापना दिवसको अवसर पारेर आजपाले सरकारविरूद्ध प्रदर्शन गरेको हो।

आजपासँगै कबाड व्यवसायी समाज नेपालले पनि विरोध प्रदर्शन गरेको छ। सरकारले मनोमानी कर लिइरहेको तथा काठमाडौँ महानगरपालिकाले कबाड व्यवसायीमाथि ज्यादती गरेको विरोधमा संयुक्त प्रदर्शन गरेको आजपा र कबाड व्यवसायी समाजले जनाएको छ।

महानगरले कबाड तथा सडकपेटी व्यवसायीमाथि निर्मम व्यवहार गरेको उनीहरूको आरोप छ। नागरिकलाई सरकारपिच्छे कर तिर्नुपरिरहेकाले सरकारको कर आतंकविरूद्ध प्रदर्शन गरेको आजपाले जनाएको छ।

विभिन्न सांस्कृतिक झाँकीसहित प्रज्ञा भवनबाट निस्कको विरोध र्‍याली रत्नपार्क, प्रदर्शनीमार्ग हुँदै पुनः प्रज्ञा भवन पुगेर सम्पन्न भएको थियो।

प्रकाशित: १४ पुष २०८१ १६:१७ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast