बालेनको निर्देशनपछि १८ निजी विद्यालयले राखे नेपालीमा नाम

हिमाल प्रेस १३ पुष २०८१ ७:३५ | Saturday, December 28, 2024
बालेनको निर्देशनपछि १८ निजी विद्यालयले राखे नेपालीमा नाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका १८ वटा विद्यालयहरूको नाम परिवर्तन भएको छ। महानगरअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूको नाम परिवर्तन भएको महानगरले जानकारी दिएको छ।

नाम परिवर्तन हुनेमा १८ वटा निजी विद्यालय, २ वटा शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालय र २ वटा स्थान परिवतर्न गर्न चाहने विद्यालयहरू रहेको महानगरको सूचनामा जनाइएको छ।

केही समयअघि महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सन्जालमार्फत विद्यालयको नाम नेपालीमा राख्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार निजी विद्यालयले नाम फेरेका हुन्।

प्रकाशित: १३ पुष २०८१ ७:३५ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast