आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ :अध्यक्ष दाहाल

हिमाल प्रेस १० पुष २०८१ २१:२२ | Wednesday, December 25, 2024
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ :अध्यक्ष दाहाल

चितवन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन्।

कालिका नगरपालिका–५ स्थित श्री पदमपुर आधारभूत विद्यालय ढेढौलीको ७०औँ वार्षिकोत्सव एवं विद्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्राप्त संविधानलाई रक्षा गर्दै औचित्य र आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताएका हुन्।

अध्यक्ष दाहालले भने, ‘ऐन कानुन निर्माणमा ढिलाइ हुनाले केही जटिलतामा छौँ, मौलिक अधिकारको हिसाबले हामी समृद्ध छौँ, तर पुरानो अवस्थातिर फर्किन खोज्नेबाट सजग हुनुपर्छ।’

जनताले अझै प्राप्त उपलब्धिको अनुभूति गर्न नपाएको उनले बताए।

उनले भने, ‘संविधानसभाले संविधान बनायो। ठुलै चिज पाइयो भनियो तर अझै अनभूति गर्न पाएको छैन। जनताले केही नपाएको भने होइन, गणतन्त्र संघीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिकलगायत थुप्रै अधिकार प्राप्त गरेका छन्।’

वर्तमान संविधानकै कारण महिला दलित उत्पीडित जाति, वर्ग, क्षेत्र र लिङ्गका मानिस सरकारमा जाने अवसर पाएको उनको भनाइ छ।

उनले शिक्षक, विद्यार्थी र अभिभावकबीचको अन्तर सम्बन्धलाई ठीक ढङ्गले बुझाउन सक्नुपर्ने बताए। एक करोड लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको अध्यक्ष दाहालले शिलान्यास गरेका हुन्।

प्रकाशित: १० पुष २०८१ २१:२२ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast