‘श्री बुकुरो’ को टिजर सार्वजनिक

हिमाल प्रेस १० पुष २०८१ १६:४६ | Wednesday, December 25, 2024
‘श्री बुकुरो’ को टिजर सार्वजनिक

काठमाडौँ- सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु भएको छ। उनीसहित अर्का कलाकार आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ।

फिल्ममा ग्रामीण परिवेश र परिवारको कथालाई प्रस्तुत गरिएको टिमको दाबी छ। फिल्ममा अन्य कलाकार निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ।

निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्म रुबी सेन सिंहले निर्माण गरेका हुन्। फिल्मको प्रदर्शन मिति घोषणा भएको छैन। फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा छायांकन गरिएको छ। सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेको फिल्ममा रञ्जीत गजमेर र वसन्त सापकोटाको संगीत रहनेछ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको हो। ७ बर्षपछि उनी निर्देशन फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए।

 यस्ताे छ टिजर

प्रकाशित: १० पुष २०८१ १६:४६ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast