जापानमा प्रदर्शन हुँदै ‘रंगी’

हिमाल प्रेस ९ पुष २०८१ १६:४४ | Tuesday, December 24, 2024
जापानमा प्रदर्शन हुँदै ‘रंगी’

काठमाडौँ- फिल्म ‘रंगी’ जापानमा पनि प्रदर्शन हुने भएको छ।युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन्। फिल्म आगामी फागुन २ मा प्रदर्शन हुनेछ।

सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा बाबुछोरीको कथामा आधारित छ। फिल्मका निर्देशक सुरेश न्यौपाने हुन्। यो उनको डेब्यु निर्देशित फिल्म हो। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।

फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। फिल्म सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको छ।

सक्षम सुवेदी र करिश्मा केसीको निर्माण रहेको फिल्मका प्रस्तुतकर्ता सलोन बस्नेत हुन्। ‘रंगी’ सलोनको डेब्यु निर्माण हो।

प्रकाशित: ९ पुष २०८१ १६:४४ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast