पश्चिमी वायुका कारण आज केही स्थानमा पानी पर्ने सम्भावना, जाडो बढ्ने

हिमाल प्रेस ८ पुष २०८१ ६:२९ | Monday, December 23, 2024
पश्चिमी वायुका कारण आज केही स्थानमा पानी पर्ने सम्भावना, जाडो बढ्ने फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने आज साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हुने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

साथै तराई लगायत पहाडी भूभागका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको अवस्था छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।

प्रकाशित: ८ पुष २०८१ ६:२९ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast