‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’

हिमाल प्रेस ७ पुष २०८१ २०:०६ | Sunday, December 22, 2024
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’

काठमाडौँ- खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहने सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन बाम्बो क्रिएसन प्रालि आयोजक रहनेछन्।

सम्मेलनमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरणसम्बन्धी गैरसरकारी संघसंस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहले सहभागिता जनाउने आज (आइतबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। सम्मेलनको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ।

सम्मेलनको उद्देश्य बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने रहेको दिक्तेल नगरपालिकाका तीर्थराज भट्टराईले जानकारी दिए।

प्रकाशित: ७ पुष २०८१ २०:०६ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast