‍निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु

हिमाल प्रेस ३ मंसिर २०७९ १२:५६ | Saturday, November 19, 2022
‍निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ। सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा-६ का बिल्टु रायको शनिबार बिहान सुतिरहेको अवस्थामा निधन भएको हो।

यस्तै धनकुटा जिल्ला साँघुरीगढी-३स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रका सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी-४ की पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परी उपचारका क्रममा ज्यान गएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार शोक विज्ञप्ति जारी गरी दिवंगत कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

साथै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोग नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई आयोगले आग्रह गरेको छ।

प्रकाशित: ३ मंसिर २०७९ १२:५६ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast