काठमाडौँ- कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली विकासका लागि मन्त्राल लागि परेको बताएका छन्।
शुक्रबार अनाज संस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वाेत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तनसँगै रैथानेबाली मानिसहरूको प्राथमिकतामा पर्दै गएको उनको भनाइ छ। मन्त्री अधिकारीले रैथाने खाना पछिल्लो पुस्ताले भुल्दै गएको भए पनि स्वास्थ्यलाई मध्यनजर गर्दै रैथाने बालीप्रति मानिसहरूको रुचि बढ्दै गएको उल्लेख गरे।
मन्त्री अधिकारीले रैथानेबाली बढाउनका लागि मन्त्रालय सधैँ सचेत रहेको पनि बताए। कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारहरूलाई कोदो समाचार लेखन तथा सर्वाेत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो ।
प्रकाशित: ५ पुष २०८१ १३:२५
प्रतिक्रिया