अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री

हिमाल प्रेस ४ पुष २०८१ २१:१८ | Thursday, December 19, 2024
अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री

ललितपुर- शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री विद्या भट्टराईले मुलुकको समृद्धिका लागि अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्ने धारणा राखेकी छन्।

नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठानको ४२औँ वार्षिकोत्सवका अवसरमा आज (बिहीबार) यहाँ आयोजित समारोहमा प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री भट्टराईले स्वदेशी ज्ञानको आधुनिकीकरणमा ध्यान केन्द्रित गर्दै जानुपर्नेमा जोड दिइन्।

‘राष्ट्रको भविष्य युवा पुस्ता र उनीहरुले गर्ने नविनतम आविष्कारमा निर्भर रहन्छ, यसका लागि नेटवर्कको संयन्त्रलाई संस्थागत गर्दै शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टलिजेन्स (एआई)को प्रयोग बढाउँदै जानुपर्छ,’ उनले भनिन्।

मन्त्री भट्टराईले विगत चार दशकदेखि मुलुकको विज्ञान र प्रविधिको क्षेत्रमा प्रतिष्ठानको योगदान अतुलनीय रहेको उल्लेख गरिन्। उनले विभिन्न रोग निवारण, फोहर व्यवस्थापन, वनस्पति अनुसन्धान, जलवायु परिवर्तनलगायत विषयमा प्रतिष्ठानले हासिल गरेको उपलब्धिले मुलुकको दिगो विकासमा टेवा पुर्‍याएको बताइन्।

प्रकाशित: ४ पुष २०८१ २१:१८ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast