लोसपामा थपिए ८ केन्द्रीय सदस्य

हिमाल प्रेस ४ पुष २०८१ ८:३७ | Thursday, December 19, 2024
लोसपामा थपिए ८ केन्द्रीय सदस्य लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ८ केन्द्रीय सदस्य थप गरेको छ। अध्यक्ष महन्थ ठाकुरले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

मनोनीत हुनेमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन्।

योसँगै लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय बनेको छ।

प्रकाशित: ४ पुष २०८१ ८:३७ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast