‘किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि भइसक्थ्यो’

हिमाल प्रेस २ पुष २०८१ १४:४६
16
SHARES
‘किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि भइसक्थ्यो’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै जटिल प्रकारका रोगको उपचार सम्भव हुँदा धेरै सहज भएको बताएका छन्। मंगलबार ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालमा पहिले जस्तो जीविकाका लागि भारी नै बोक्नुपर्ने र चर्को शारीरिक श्रम गर्नुपर्ने बाध्यतामा धेरै कमी आएको पनि उनको भनाइ छ। उनले बिरामी हुँदा उपचार पनि देशमै सम्भव भएकोमा खुसी व्यक्त गरे। ओलीले आफैँ बिरामी भएको प्रसंग निकाल्दै अहिले धेरै सजिलो भएको बताए।

‘अहिले विरामी पर्दा स्वास्थ्य उपचार हुने गरेको छ। नेपालमा महत्त्वपूर्ण अंगको ट्रान्सप्लान्ट हुने गरेको छ। मेरै कुरा गरौँन। किड्नी ट्रान्सप्लान्ट गर्ने सु्विधा नभएको मेरो त अस्ति साउनमै १८ औँ पुन्य तिथि भइसक्थ्यो,’ उनले भने, ‘पहिलो पटक ट्रान्सप्लान्ट गर्न नेपालमा सुविधा नहुँदा भारत गएँ। १३ वर्षपछि मैले नेपालमै ट्रान्सप्लान्ट गरेँ। नेपालमै ट्रान्सप्लान्ट गर्दा सजिलो छ। औषधोपचारदेखि डाक्टरको फलोअपमा अस्पताल जान पनि सजिलो छ। दोस्रो पटक ट्रान्सप्लान्ट नेपालमै गर्दा मलाई सजिलो भएको छ। औषधि खान पनि अर्को देशतिर जानुपर्दैन।’

देश विकास र अर्थतन्त्रको आकार बढेको भन्दै खुसी व्यक्त गरे। ‘अहिले निर्यात पनि बढेको छ।अर्थतन्त्रको आकार पनि बढेको छ। विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, उनले भने, ‘अवस्थामा परिवर्तन आएन भन्ने होइन, नेपालीको सरदर आयु कुनै बेला ४२ थियो, त्यो बढेर ४९ हुँदै ७२ पुगिसकेको छ।’

प्रकाशित: २ पुष २०८१ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast