एमालेको हेटौंडा उपमहानगर अध्यक्षमा कार्की निर्वाचित

हिमाल प्रेस २ पुष २०८१ १२:१० | Tuesday, December 17, 2024
एमालेको हेटौंडा उपमहानगर अध्यक्षमा कार्की निर्वाचित

मकवानपुर- नेकपा एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन्। एमाले हेटौंडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो।

सोमबार भएको निर्वाचनमा कार्की एक सय ७६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी जनरल श्रेष्ठले एक सय ३३ मत प्राप्त गरेका थिए।

त्यसैगरी उपाध्यक्षमा राजकुमार बाँस्तोला, सचिवमा शान्ता गौतम, उपसचिव खुल्लामा शान्तेकुमार तामाङ र उपसचिव महिलामा चन्द्रावती पनेरू निर्वाचित भएका छन्।

प्रकाशित: २ पुष २०८१ १२:१० | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast