भैरहवा पुगेर गृहमन्त्रीले भने : तस्करी मौलाएर राजस्व घटेको खबर सुनेको छु, गुनासो सुन्नु नपरोस्

हिमाल प्रेस २ पुष २०८१ ११:१० | Tuesday, December 17, 2024
भैरहवा पुगेर गृहमन्त्रीले भने : तस्करी मौलाएर राजस्व घटेको खबर सुनेको छु, गुनासो सुन्नु नपरोस्

लुम्बिनी- गृहमन्त्री रमेश लेखकले सीमा अपराध नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिए।

‘क्रस बोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले र राजस्व चुहावट भइरहेको सुनिएको छ’ गृहमन्त्रीले भने ‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस्।’

उनले पछिल्लो समय साइबर क्राइम बढेको बताउँदै नियन्त्रण गर्न निर्देशन दिए। गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुद हुनुपर्ने बताए। उनले शान्ति सुरक्षा खलबलिने वित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वशर्त नै शान्तिसुरक्षा रहेको बताए।

उनले संविधानको सही कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे। लेखकले शान्ति, सुशासन, विकास रसमृद्विका लागि पनि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको बताए।

लुम्बिनी प्रदेश गौतमबुद्वको जन्मस्थल रहेकाले शान्ति सुरक्षा पूर्ण सुरक्षित बनाउनुपर्ने बताए। उनले गोष्ठी विभिन्न प्रदेश हुँदै लुम्बिनीमा गरिएको बताउँदै परिणाममुखी बनाउन आग्रह गरे। यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकार प्रदेशमा प्रत्योजन नगर्दा समस्या भएको बताए।

प्रकाशित: २ पुष २०८१ ११:१० | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast