पुस पहिलो साताभित्र विदेशीने कामदारका हकमा आईरीस सिस्टम लागू

हिमाल प्रेस १ पुष २०८१ १२:२४ | Monday, December 16, 2024
पुस पहिलो साताभित्र विदेशीने कामदारका हकमा आईरीस सिस्टम लागू विमानस्थलमा यात्रुहरूकाे भीड

काठमाडौँ- वैदेशिक रोजगारीमा जाने कामदारका हकमा यही सातादेखि ‘फेसटाइम एटेन्डेन्स एन्ड आईरीस रिकोग्नेसन’ प्रणाली लागू हुने भएको छ। वैदेशिक रोजगार विभागले आगामी ३ पुसपछि वैदेशिक रोजगारीमा जानुपूर्व लिइने अभिमुखीकरण तालिममार्फत ‘फेसटाइम एटेन्डेन्स एन्ड आईरीस रिकोग्नेसन’ प्रणाली लागू गर्ने लागेको छ।

पुस पहिला साताभित्र आईरिस सिस्टम लागू गर्ने विभागले जनाएको छ। विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ। जसले गर्दा हालसम्म हुँदै आएका अनियमितामा पूर्ण रोक लाग्ने वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार यस प्रणालीलाई विभागले अध्यागमन विभाग, राहदानी विभाग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरी को सिस्टमसँग जोडिएको छ।

वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ। योसँग अब आईरिस सिस्टम लागू भएको हो। दुई बर्षअघि नै वैदेशिक रोजगारीमा जाने कामदारका हकमा बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो। तर पटक पटक सूचना जारी गर्दै स्थगित गर्दै आएको विभागले अन्तिम पटक मिति तोकेको छ।

विभागले गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने घोषणा गरेको थियो। तर प्रविधिक समस्या देखाउँदै त्यसपटक पनि रोकिएको थियो। अहिले आईरिस र बायोमेट्रिक दुवै सिस्टम लागू भइरहेको जनाएको छ।

प्रकाशित: १ पुष २०८१ १२:२४ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast