एनसीसी बैंकले ११ प्रतिशत लाभांश दिने

हिमाल प्रेस ३ मंसिर २०७९ १२:५१ | Saturday, November 19, 2022
एनसीसी बैंकले ११ प्रतिशत लाभांश दिने

काठमाडौँ– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको वार्षिक साधारणसभाले ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांससहित ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।

३.३६ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ पुग्नेछ। आर्थिक वर्ष ०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब ५० करोड पुगेकोे छ।

त्यसैगरी बैंकले १ खर्ब २४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतको बढी हो।

प्रकाशित: ३ मंसिर २०७९ १२:५१ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast