पक्राउ परे अभिनेता अल्लु अर्जुन

हिमाल प्रेस २८ मंसिर २०८१ १५:१० | Friday, December 13, 2024
पक्राउ परे अभिनेता अल्लु अर्जुन

काठमाडौँ- तेलुगु अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन्। हैदरावादको सन्ध्या थिएटरमा भएको भागदौडमा फ्यानको मृत्यु भएपछि शुक्रबार दिउँसो उनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो। प्रहरीले थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो। अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ।

बिहीबार अर्जुनले आफ्नोविरुद्ध दायर एफआईआर रद्द गर्न आग्रह गरेका थिए। उनलाई प्रहरीको गाडीमा लगेको भिडियो यतिबेला इन्टरनेटमा भाइरल छ। गत डिसेम्बर ४ मा अल्लु अर्जुन पुष्पा- २ को प्रिमियरको क्रममा थिएटरमा पुग्दा उक्त घटना भएको थियो।

प्रकाशित: २८ मंसिर २०८१ १५:१० | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast