इलाममा गणित विषय शिक्षकलाई तीन दिन तालिम

हिमाल प्रेस २७ मंसिर २०८१ ११:३६ | Thursday, December 12, 2024
इलाममा गणित विषय शिक्षकलाई तीन दिन तालिम

काठमाडौँ- इलामको सूर्योदय नगरपालिकाले नगरभित्र सामुदायिक विद्यालयमा कार्यरत गणित विषय शिक्षकलाई तीन दिने तालिम सुरु गरेको छ।

सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तथा माध्यमिक तहका गणित विषय अध्यापन गराउने शिक्षकहरूका लागि तीन दिने तालिम सुरु गरिएको हो।

यसअघि पनि शिक्षकहरूलाई तालिम दिइएको थियो। तालिमका प्रशिक्षक वेदान्त पब्लिकेशन काठमाडौँका शैक्षिक निर्देशक, लेखक हुकुमप्रसाद दाहाल रहेका छन्।

प्रकाशित: २७ मंसिर २०८१ ११:३६ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast