प्रेम विवाहबारे अमिताभ बच्चन

हिमाल प्रेस २७ मंसिर २०८१ ७:२९ | Thursday, December 12, 2024
प्रेम विवाहबारे अमिताभ बच्चन

नयाँ दिल्ली- अभिषेक बच्चन र ऐश्वर्या राय लामो समयदेखि डिभोर्सको खबरका कारण चर्चामा छन्। हालै यो जोडी एक कार्यक्रममा सँगै देखिएका थिए।

यसैबीच अब अमिताभ बच्चनले आफ्नो शो को बन्छ करोडपति सिजन १६ को सेटमा प्रेम विवाहको कुरा गरेका छन्। एक प्रतियोगीसँग कुरा गर्दै उनले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै खुलासा गरे।

एपीसोडमा उनले आफ्नो परिवारमा प्रेम विवाहको बारेमा कुरा गरे। देशको कुनाकुनाबाट बुहारी कसरी आफ्नो घरमा आएका छन् उनले बताए।

उक्त एपिसोडमा प्रतियोगी आशुतोष सिंहले भने,‘मैले पाँच वर्षदेखि आमाबुबासँग कुरा गरेको छैन किनभने मैले मेरो परिवारको विरुद्धमा गएर प्रेम विवाह गरें। मेरो परिवारले हरेक दिन केबिसी हेर्छ, त्यसैले म मेरो परिवारलाई मेरो सन्देश दिन चाहन्छु।’

यो सुनेर अमिताभ भावुक भए र भने, ‘आशा छ, आजको एपीसोड हेरेपछि तपाईँका आमाबुबाले उनीसँग फेरि कुरा गर्न थाल्नुहुन्छ।’

त्यसपछि अमिताभले आफ्ना कुरा भने,‘हामी उत्तर प्रदेशका बासिन्दा हौं तर हामीले जयासँग बंगालकी (जया बच्चन बंगाली परिवारकी हुन्) विवाह गरेका हौं। हाम्रो भाइ सिन्धी परिवारको हो। छोरी (श्वेता) उनी पञ्जाबी परिवारबाट आएकी छिन् र ऐश्वर्या मंगलौरकी हुन्। बुबाले पनि भन्नुहुन्थ्यो, ‘देशको कुना-कुनाबाट बुहारीहरू बिहे गर्छौँ।’

को बन्छ करोडपतिको सिजन १६ अगस्टमा सोनी टिभीमा २०२४ मा सुरु भएको छ। अमिताभको यो शोको पहिलो सिजन सन् २००० मा प्रसारण भएको थियो। दैनिक भास्करबाट

प्रकाशित: २७ मंसिर २०८१ ७:२९ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast