‘विद्यालयले के कस्तो खाजा खुवाइरहेको छ, अनुगमन भएन’

हिमाल प्रेस २६ मंसिर २०८१ १६:४५ | Wednesday, December 11, 2024
‘विद्यालयले के कस्तो खाजा खुवाइरहेको छ, अनुगमन भएन’ सामुदायिक विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी। फाइल तस्बिर।

काठमाडौँ- विद्यालयमा दिवा खाजा कार्यक्रमबारे राज्यको अनुगमन नभएको बताइको छ।

शिक्षा अधिकार अनुगमन समूह नेपालले आयोजना गरेको दिवा खाजा कार्यक्रमसम्बन्धी संवाद कार्यक्रममा सो कुरा बताइएको हो।

विद्यालयले के कस्तो खाजा खुवाइरहेको छ? गुणस्तर कस्तो छ? पकाउँदा स्वास्थ्य मापदण्ड पालना गर्ने गरिएको छ वा छैन? भन्नेमा भन्नेमा सरकारले अनुगमन नगरेको कार्यक्रममा बताइयो।

खाजा कार्यक्रमले भर्ना दर, टिकाउ दर र सिकाइ उपलब्धिमा सुधार आएको भए पनि त्यसबारेमा अध्ययन पनि हुन नसकेको सरोकारवालाको भनाइ छ।

लु निभा बाल सरोकार समूहका अध्यक्ष डा.रुपा मुनकर्मीले दिवा खाजा कार्यक्रमका कारण २८ लाख बालबालिका लाभान्वित भएको बताउँदै यसको उपलब्धि र समस्याका बारेमा अनुगमन गरिनुपर्ने सुझाव दिइन्।

विद्यार्थीको टिकाउ दर बढेको देखिएपछि नेपाल सरकारले देशभरि खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। दुर्गम हिमाली क्षेत्रमा प्रतिदिन प्रतिविद्यार्थी २५ रुपैयाँ र अन्य क्षेत्रमा १५ रुपैयाँ उपलब्ध गराइँदै आएको छ।

प्रकाशित: २६ मंसिर २०८१ १६:४५ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast