रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित गर्ने काम भइरहेको छ : गृहमन्त्री लेखक

हिमाल प्रेस २५ मंसिर २०८१ १३:१३ | Tuesday, December 10, 2024
रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित गर्ने काम भइरहेको छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन्। मंगलबार सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीका क्रममा लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको बताए।

उनले सबैको मानव अधिकारको प्रश्नमा सरकार गम्भीर रहेको पनि दाबी गरे। लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उनको दाबी छ।उनले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भिड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक भएको धारणा राखे।

न्यायिक प्रक्रियालाई प्रभावित गर्ने ढंगले कसैले बोलेको गलत भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। अर्को प्रसंगमा गृहमन्त्री लेखकले एमाले–कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको र सहमति अनुसार नै वर्तमान सरकार अघि बढ्ने बताए।

प्रकाशित: २५ मंसिर २०८१ १३:१३ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast