अमेरिकाका सहायकमन्त्रीले भेट्नै पाएनन् प्रधानमन्त्री ओली

हिमाल प्रेस २५ मंसिर २०८१ ८:०८ | Tuesday, December 10, 2024
अमेरिकाका सहायकमन्त्रीले भेट्नै पाएनन् प्रधानमन्त्री ओली

काठमाडौँ- अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए।

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसँग भने भेटवार्ता गरेनन्। तर उनले एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भने भेटेका छन्। लु आउने दिन ओली झापामा थिए। उनी अहिले पनि झापामै छन्।

हिजो लु स्वदेश फर्किए भने आज ओली काठमाडौँ आउँदैछन्। आजको एमाले सचिवालयको बैठकमा सहभागी हुने गरी मध्याह्नमा ओली काठमाडौँ अवतरण गर्नेछन्।

प्रकाशित: २५ मंसिर २०८१ ८:०८ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast