प्रचण्डको नातिनीको विहेमा नरेन्द्र मोदीले गंगा दाहाललाई लेखेको शुभकामना पत्रमा के छ?

हिमाल प्रेस २५ मंसिर २०८१ ६:२५ | Tuesday, December 10, 2024
प्रचण्डको नातिनीको विहेमा नरेन्द्र मोदीले गंगा दाहाललाई लेखेको शुभकामना पत्रमा के छ?

काठमाडौँ- गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन्। आमा गंगा दाहालले फेसबुकमार्फत प्रधानमन्त्री मोदीको शुभकामना सन्देश सार्वजनिक गरेकी हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन्।

शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरु गरेकोमा हार्दिक बधाई दिएका छन्। गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु। कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला।’

प्रकाशित: २५ मंसिर २०८१ ६:२५ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast