प्याब्सन स्पोर्टस् मिटमा ४५ सय खेलाडी प्रतिस्पर्धामा

हिमाल प्रेस २१ मंसिर २०८१ २०:५५
14
SHARES
प्याब्सन स्पोर्टस् मिटमा ४५ सय खेलाडी प्रतिस्पर्धामा

पोखरा- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट-२०८१ जारी छ। पोखरा रंगशालामा प्रतियोगिताको तेस्रो दिन शुक्रबार पनि विभिन्न इभेन्टमा खेल भए। ब्वाइज बास्केटबल (९–१२) तर्फ प्रतिभा बोर्डिङ प्रथम भएको छ। मेरिगोल्ड दोस्रो र कुमुदिनी होम्स्को टिम तेस्रो भयो।

ब्वाइज भलिबल (प्लस टु) तर्फ माउन्ट अन्नपूर्ण पहिलो भयो। प्रतिभा दोस्रो र पोखरा युनाइटेड तेस्रो भए। सोही इभेन्टको गर्ल्सतर्फ केफ पहिलो हुँदा सिर्जना दोस्रोमा सीमित भयो। गुरुकुल विद्यासदन तेस्रो भए।

ब्वाइज भलिबल कक्षा १० सम्म ताराकुञ्ज पहिलो हुँदा सोसल पब्लिक दोस्रो र केल्स् तेस्रोमा सीमित बन्यो। गर्ल्सतर्फ नेशनल इन्भेन्टिभ, न्यू मिलेनियम र टप्स क्रमशः प्रथम, द्वितीय र तृतीय भए। जुनियर फुटबल प्रतियोगितामा बायोदय प्रथम भएको छ। भ्यू पोइन्ट दोस्रो र पोखरा पब्लिकको टिम तेस्रो भयो। गर्ल्स बास्केटबल (कक्षा ९–१२) मा फिस्टेल पहिलो, माउन्ट अन्नपूर्ण दोस्रो र प्रतिभा तेस्रो भए।

गर्ल्स फुटबलको उपाधि कुमुदिनी होम्सले जितेको छ। फाइनलमा जुनियर सिटिजनलाई पराजित गर्दै प्रथम भएको हो। तेस्रो शान्तिदीप स्कुल भयो। जुनियर फुटबलतर्फ बालोदय प्रथम हुँदा भ्यू पोइन्ट र पोखरा पब्लिक क्रमशः दोस्रो र तेस्रो भए।

ब्वाइज (कक्षा १० सम्म) १५०० मिटर दौडमा सगरमाथाका श्रवण अधिकारी प्रथम भएका छन्। पोखरा एकेडेमीका रजिन बिक दोस्रो र हार्वर्ड एकेडेमीका मनुअल पुन तेस्रो भए। ब्वाइज (१० सम्म) १०० मिटर दौडमा सगरमाथाका कार्लोस पौडेल पहिलो, बालोदयका प्रशन्न महत दोस्रो र फिस्टेलका कृतन थापा तेस्रो भए।

गर्ल्स (१० सम्म) १०० मिटर दौडमा सगरमाथाकी अनुष्का अधिकारी पहिलो, फिस्टेलकी आइकोलक्ष्मी बाटाजू दोस्रो, केफकी संगम भण्डारी तेस्रो भए। आइतबारसम्म चल्ने स्पोर्टस् मिटमा करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिएका छन्। प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयले सहभागिता जनाएको प्याब्सन अध्यक्ष मथुराप्रसाद पौडेलले बताए।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल भएका हुन्। कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेलहरु भएको प्रतियोगिता संयोजक एवं प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले बताइन्।

प्रकाशित: २१ मंसिर २०८१ २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast