खालीखुट्टै विद्यालय जाने विद्यार्थीले पाए चप्पल

हिमाल प्रेस २० मंसिर २०८१ १०:२६
36
SHARES
खालीखुट्टै विद्यालय जाने विद्यार्थीले पाए चप्पल

काठमाडौँ- सुनसरीको गढी गाउँपालिका-५स्थित आधारभूत विद्यालयका विद्यार्थीलाई चप्पल सहयोग जुटेको छ।

शिक्षक सोनु राना मगरले कठ्यांग्रिदो जाडोमा पनि विद्यार्थी खालीखुट्टै विद्यालय आउने गरेको हिमालप्रेसलाई बताएकी थिइन्।

हिमालप्रेसले खालीखुट्टै विद्यालय जाने विद्यार्थीको भिडियो प्रसारण गरेपछि भक्तपुरका समाजसेवी सुरेन्द्र श्रेष्ठले ६० थान चप्पल सहयोग गरेका हुन्।

विद्यालयमा दलित र मुसहर समुदायका बालबालिका धेरै छन्। गरिबीका कारण अभिभावकले बालबालिकाका आवश्यकता पूरा गर्न सकेका छैनन्।

शिक्षक मगरका अनुसार सय जना भर्ना भएकामध्ये आधा विद्यार्थी मात्रै विद्यालय आउँछन्।

प्रकाशित: २० मंसिर २०८१ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast