टेलिसिरियल ‘पिँजडाको चरी’ मा नारीको पीडा

हिमाल प्रेस १९ मंसिर २०८१ १७:२३
142
SHARES
टेलिसिरियल ‘पिँजडाको चरी’ मा नारीको पीडा

काठमाडौँ- राजु गिरीको लेखन तथा निर्देशनमा प्रसारण भइरहेको टेलिसिरियल ‘पिँजडाको चरी’ नारीको पीडालाई मुख्य कथा बनाइएको छ। हालसम्म सिरियलको ८ भाग युट्युबमा सार्वजनिक भइसकेको छ।

टेलिसिरियलमा छोरा नपाएको भन्दै परिवारबाट अपहेलित भएकी ममता पात्रको दैनिकीलाई प्रस्तुत गरिएको छ। ममताको भूमिकामा छिन् कलाकार सरु कार्की। रक्सी खाएर छोरा नपाएको भन्दै पत्निलाई कुट्ने, अनेक यातना दिने ममताको पतिको बनेका छन् भक्ते अर्थात् निर्देशक राजु गिरी।

सिरियलमा अन्य कलाकार रमेश अधिकारी, चेत बहादुर सिंह, सावित्रा चिलुवाल, माधवा खनाल, हरिशरण गिरी, नवराज मैनाली, राजु रारा पुरी, दीपक गिरी, सुचेन्द्र परियार, मनोज दर्नाल, बाल कलाकार काजल गिरी र कंगना गिरीलगायत कलाकारको अभिनय छ।

सिरियलको छायाकंन अनिल बस्नेतले गरिरहेका छन्। त्यस्तै निर्देशक गिरीकै सम्पादन रहेको टेलिसिरियलमा बिशम आचार्यको स्वर, सावित्रा चिलुवालको शब्द, सुचेन्द्र परियारको सह-निर्देशन छ। सिरियल शुक्रबार राति ८ बजे बिएन प्रोडक्सन युट्युब च्यानलमा सार्वजनिक हुनेछ।

प्रकाशित: १९ मंसिर २०८१ १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast