सैन्य शासनबाट पछि हट्यो दक्षिण कोरिया

हिमाल प्रेस १९ मंसिर २०८१ ८:४५
18
SHARES
सैन्य शासनबाट पछि हट्यो दक्षिण कोरिया संसदले मार्शल ल उल्ट्याएपछि संसद भवनबाट बाहिरिँदै सेना। तस्बिरः एपी।

दक्षिण कोरियामा राष्ट्रपतिले यून सुक योलले मंगलबार साँझ लगाएको इमरजेन्सी मार्सल ल त्यहाँको संसद्ले उल्ट्याएको छ।

राष्ट्रपति योलले विपक्षी पार्टीलाई विद्रोको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै आपतकालीन सैनिक कानुन घोषणा गरेको केही घन्टामा संसद्ले त्यसलाई उल्ट्याएको हो।

नेशलन एसेम्बलीका ३०० मध्य १९० सांसद राष्ट्रपति योलले घोषणा गरेको मार्सल ल को विपक्षमा उभिएपछि सैनिक कानुन फिर्ता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेको छ।

दक्षिण कोरियाको संविधान अनुसार राष्ट्रपतिले लगाएको मार्सल ल संसदको बहुमतले उल्ट्याउन सक्छ।

राष्ट्रपतिको निर्णय उल्ट्याउन उनकै पार्टीका सांसदहरू पनि मार्सल लको विपक्षमा उभिएका थिए।बहुमत सांसदहरूले आफ्नो निर्णयविरूद्ध उभिएपछि राष्ट्रपति योलले मार्सल ल हटाएका छन्।

राष्ट्रपतिको निर्णय उल्टिएसँगै त्यहाँका राजनीतिक दल र नेताहरुले उनको राजीनामा मागेका छन्। राष्ट्रपति यूनले मंगलबार साँझ एक्कासि मार्सल ल ९सैनिक कानुन० घोषणा गरेलगत्तै त्यहाँ ‘मार्सल ल हटाऊ’ भन्दै विरोध र प्रदर्शन सुरू भएको थियो।

मार्सल ल घोषणापछि राष्ट्रपतिले सेनालाई संसद भवन पठाएका थिए। संसदको बहुमतले राष्ट्रपतिको घोषणा उल्ट्याएपछि राति नै सेनाले संसद भवन छाडेको थियो। बीबीसीबाट

प्रकाशित: १९ मंसिर २०८१ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast