४ दिनदेखि हराएकी बारपाककी किशोरी मृतावस्थामा फेला

हिमाल प्रेस १९ मंसिर २०८१ ७:३७
16
SHARES
४ दिनदेखि हराएकी बारपाककी किशोरी मृतावस्थामा फेला प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- ४ दिनदेखि सम्पर्कविहीन भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१, बारपाककी एक किशोरीको शव फेला परेको छ।

यही मंसिर १५ गते शनिबार घाँस काट्न भनेर जंगल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

जंगलबाट सुचिना घर नफर्किएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जंगलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको प्रनाउ सुवेदीले जानकारी दिए। किशोरीको हत्या भएको अनुमान गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अनुसन्धानका लागि घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव पाठकले जानकारी दिए।

घटनास्थलमा जिप्रका गोरखाबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १९ मंसिर २०८१ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast