मंगलबार ५ घण्टा लिँदा पनि नसकिएको रवि लामिछानेसँगको बयान आज पनि

हिमाल प्रेस १९ मंसिर २०८१ ७:०४
10
SHARES
मंगलबार ५ घण्टा लिँदा पनि नसकिएको रवि लामिछानेसँगको बयान आज पनि

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदैछ।

काठमाडौँबाट मंगलबार चितवन पुर्‍याइएका लामिछानेसँग सरकारी वकील कार्यालयमा हिजो मध्याह्न १२ बजेदेखि पाँच घन्टा बयान लिइएको थियो। लामिछानेसँग आज पुनः लिखित बयान लिइने सरकारी वकील कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिराज लुँइटेलले बताए।

हिजो पहिलो दिन प्रारम्भिक प्रश्न मात्र गरिएकोमा आज गहिराइमा गएर बयान लिइने जानकारी उनले दिए। उनका अनुसार लामिछानेसँग लिखित बयान लिइएको छ।

सरकारी वकील र अनुसन्धान अधिकृतले संयुक्त बयान लिएका हुन्। सकेसम्म आज नै बयान सक्ने तयारी भएको उनले बताए।सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट हिजो बिहान चितवन लगिएको थियो।

चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछाने सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र नेचर हब इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ। उनीहरूलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो।

प्रकाशित: १९ मंसिर २०८१ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast