मधेश प्रदेशमा दुई दिन सार्वजनिक बिदा

हिमाल प्रेस १८ मंसिर २०८१ २०:१४
20
SHARES
मधेश प्रदेशमा दुई दिन सार्वजनिक बिदा

काठमाडौँ – मधेश प्रदेश सरकारले रामजानकी विवाहपञ्चमी र गढीमाई मेलाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश मन्त्री परिषद्को बैठकले गढीमाई मेलाको अवसरमा २३ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा प्रत्येक पाँच वर्षमा एक महिनासम्म लाग्ने गढीमाई मेला यही २३ गतेदेखि सुरू हुँदैछ।

प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन सचिव उद्धवप्रसाद रिजालले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गढीमाई मेलाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

त्यस्तै मंसिर २१ गते जनकपुरधाममा मनाउन लागिएको रामजानकी विवाह पञ्चमीको अवसरमा पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। विवाह पञ्चमीको अवसरमा प्रदेश सरकारले हरेक वर्ष बिदा दिने गरेको छ। विवाहपञ्चमीको बिदालाई प्रदेश सरकारले यसअघि नै प्रदेश राजपत्रमा प्रकाशित गरिसकेको छ।

प्रकाशित: १८ मंसिर २०८१ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast