नेपालमा २४ सै घण्टा ‘पुष्पा २’

हिमाल प्रेस १८ मंसिर २०८१ १८:३०
72
SHARES
नेपालमा २४ सै घण्टा ‘पुष्पा २’

काठमाडौँ- मंसिर २१ गतेदेखि विश्वभर प्रदर्शन हुने दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ का लागि नेपालमा २४ सै घण्टा हल खुल्ने भएका छन्।

फिल्मको बिहान ४ः१५ देखि मध्यराति ११ः५९ बजेसम्मको शो राखिएको छ। उपत्यकाको बिग मुभिजले बिहान ४ः१५ देखि मध्यराती ११ः५० सम्म १७ सो दिएको छ।

देशकै ठूलो मल्टिप्लेक्स हल क्यूएफएक्सले बिहान ६ बजेदेखि मध्यराति ११ः५९ सम्म उपत्यकामा र उपत्यकाबाहिर ८१/८१ गरी १ सय ६२ सो दिएको छ।

दोस्रो मल्टिप्लेक्स आईएनआई सिनेमाजले बिहान ५ः३० देखि मध्यराति ११ः१५ सम्म १९ सो दिएको छ। वान सिनेमाजले बिहान ४ः३० देखि मध्यराति ११ ४५ सम्म २२ सो दिएको छ। त्यस्तै रञ्जना, सीके सिनेमाज र विश्वज्योति हलले १०/१० सो दिएका छन्।

सोमबार अर्थात् मंसिर १७ देखि बुकिङ खुलेका कतिपय सो सोल्ड आउट भएको छ। फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

वितरक कम्पनीका अनुसार नेपालमा फिल्मले ५ सय बढी सो पाएको छ। भारतमा मात्र नभएर नेपालमा पनि लामो समयदेखि प्रतीक्षारत फिल्मले आक्रामक व्यापार गर्ने आकलन गरिएको छ।

फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। एक्सन, क्राइन, ड्रामा जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्। फिल्म मैत्री मूभिज मेकरको ब्यानरमा निर्माण भएको छ।

‘पुष्पा २’ का कारण उच्च सोसहित चलिरहेको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’, ‘तेल भिसा’ र ‘ह्रस्व दीर्घ’ले न्यून सो पाएका छन्।

प्रकाशित: १८ मंसिर २०८१ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast