कास्की- पोखरामा आज (सोमबार) देखि आईटीएफ ‘वर्ल्ड टेनिस टुर जे ३०’ प्रतियोगिता सुरू भएको छ।
कास्की टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगताको पोखरा महानगर प्रमुख धनराज आचार्यले प्रतियोगिता निर्देशक अजय विष्टलाई टेनिस बल हस्तान्तरण गरेर शुभारम्भ गरे।
यही मंसिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन्। प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए।
कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमबाट पर्यटन विकासका साथै राष्ट्रिय सुदृढ बनाएर देशलाई अघि बढाउनुपर्ने बताए।